नियम ९७क
लाभग्राही समुदायबाट काम गराउन सकिने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पाँच करोड रुपैयाँसम्म लागत अनुमान भएको देहाय बमोजिमको निर्माण कार्य लाभग्राही समुदायबीच प्रतिस्पर्धा गराई गराउन सकिनेछ:-

(क) जटिल प्राविधिक क्षमता आवश्यक नपर्ने, (ख) लाभग्राही समुदायबाट गर्दा मितव्ययीता, गुणस्तरीयता र दिगोपना अभिवृद्धि हुने;

(ग) स्थानीय स्रोत, साधन र सीप उपयोग गरी :स्थानीय स्तरमा कार्यसम्पादन हुने,

(घ) निर्माण कार्यको मुख्य उद्देश्य स्थानीय ८ तहमा नै रोजगारीको अवसर सिर्जना गर्ने र त्यस्तो निर्माण, कार्यबाट लाभ प्राप्त गर्ने समुदायलाई सहभागी गराउन सकिने,

(ड) निर्माण पश्चातको आयोजनाको मर्मत सम्भार तथा सञ्चालन लाभग्राही समुदायबाट हुन सक्ने ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि "लाभग्राही समुदाय" भन्नाले निर्माण कार्यबाट लाभान्वित हुने कम्तीमा पचास जना सदस्य भएको स्थानीय समूह वा समुदाय सम्झनु पर्छ र सो शब्दले सम्बन्धित निर्माण कार्यसँग सम्बन्धित लाभग्राही व्यक्तिहरुबाट प्रचलित कानूनबमोजिम गठित श्रम सहकारीलाई समेत जनाउँछ ।

(२) उपनियम (१) मा उल्लिखित रकमको लागत अनुमानमा मूल्य अभिवृद्धि कर, ओभरहेड, कन्टिन्जेन्सी रकम र जनसहभागिताको अंश भए सोसमेतको रकम समावेश हुनेछ र सार्वजनिक निकायले यस नियम बमोजिम लाभग्राही समुदायलाई रकम भुक्तानी दिँदा उल्लिखित रकम कट्टा गरेर मात्र दिनु पर्नेछ ।

(३) उपनियम (१) को प्रयोजनको लागि सम्बन्धित कामको प्रकृति, परिमाण, लागत अनुमान, कार्य सम्पन्न गर्नुपर्ने अवधि र अन्य आवश्यक कुराहरु खुलाई सार्वजनिक निकायले सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव माग गर्न सक्नेछ ।

(४) उपनियम - (३) बमोजिमको सूचनाको आधारमा सम्बन्धित लाभग्राही समुदायले सार्वजनिक निकाय ससक्ष प्रस्ताव पेश गर्न सक्नेछन्‌ ।

(५) (उपनियम (४) बमोजिम लाभग्राही समुदायले प्रस्ताव पेश गरेमा सार्वजनिक निकायले सबै भन्दा कम कबोल गर्ने लाभग्राही समुदायसँग त्यस्तो काम सम्बन्धमा खरिद सम्झौता गर्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिमको सम्झौतामा देहायका कुराहरु उल्लेख गर्नु पर्नेछ:-

(क) निर्माण कार्यको प्रकृति, परिमाण, लागत अनुमान, प्रत्येक कार्य इकाईमा लाभग्राही समुदायले व्यहोर्नु पर्ने रकम, कार्य सम्पन्न गर्नु पर्ने अवधि, (ख) सार्वजनिक निकायले सम्बन्धित कार्यको डिजाइन, लागत अनुमान तयार गर्ने, स्वीकृत गर्ने; प्राविधिक सल्लाह दिने, नापजाँच गर्ने, जाँचपास गर्ने र अन्य आवश्यक प्राविधिक (सहयोग उपलब्ध गराउने, सुपरीवेक्षण र गुणस्तर नियन्त्रण गर्ने,

(ग) सम्पन्न निर्माण कार्यको सञ्चालन वा -मर्मत सम्भार लाभग्राही समुदायले गर्नु पर्ने,

(घ) सम्पन्न निर्माण कार्यको भुक्तानीको शर्त र तरिका,

(ङ) अन्य आवश्यक कुरा ।

(७) उपनियम (३) बमोजिम सूचना प्रकाशन गर्दा लाभग्राही समुदायबीचमा प्रतिस्पर्धा हुने अवस्था नभएमाबा त्यस्तो सूचना प्रकाशन गर्दा कुनै प्रस्ताव पेश नभएमा सार्वजनिक निकायले ऐन तथा यस नियमावली बमोजिमको अन्य प्रकृयाबाट त्यस्तो निर्माण कार्य गराउन सक्नेछ ।

(८) लाभग्राही समुदायले प्रत्येक किस्ताको कामको प्राविधिक मूल्याङ्कन, बिल, भरपाई र खर्च प्रमाणित गर्ने अन्य कागजात त्यस्तो समुदायको सञ्चालक समितिबाट अनुमोदन गराई सम्बन्धित सार्वजनिक निकायमा पेश गर्नु पर्नेछ ।

(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको निर्माण कार्य: लाभग्राही समुदायबाट गराउन सकिने छैन:-

(क) एक आपसमा अन्तरसम्बन्धित भई एउटै प्याकेजमा काम गर्नु पर्ने प्रकृतिको निर्माण कार्यलाई खण्डीकरण गरी अलग अलग प्याकेज बनाईएको,

(ख) लागत अनुमान. अनुसार श्रमिकको लागत, भार पचास प्रतिशत भन्दा कम भएको,

(ग) लागत अनुमान अनुसार मेसिन औजारको लागत भार बीस प्रतिशत भन्दा बढी भएको ।

(१०) यस नियमबमोजिम लाभग्राही समुदायबाट काम: गराउँदा नियम ९७ को उपनियम (७), (६), (९), (९क), (१०), (११), (१२), (१३), (१३क), (१४) र (१५) को व्यवस्था आवश्यक हेरफेर (मुटाटिस मुटाण्डिस) सहित लागू हुनेछ ।